जाह्नवी कपुर अब ‘घोस्ट ‘हुने तयारीमा

काठमाण्डु टुडे २०७६ भदौ ४ गते ११:३६ मा प्रकाशित

एजेन्सि , मुम्बई —श्रीदेवी पुत्री अभिनेत्री जाह्नवी कपुरसँग धेरै फिल्मको अफर छ। यसै क्रममा अब उनी ‘घोस्ट स्टोरिज’मार्फत डिजिटल प्लेटफर्ममा पनि डेब्यु गर्दैछिन्।

‘घोस्ट स्टोरिज’ नेटफ्लिक्सको सन् २०१८ को फिल्म ‘लस्ट स्टोरिज’को आगामी शृंखला हो। फिल्म कुल चार शृंखलामा बन्नेछ। यसको निर्माण जोया, करण जौहर, दिवाकर बनर्जी र अनुराग कश्यपले गर्दैछन्। यी चारजनाले ‘लस्ट स्टोरिज’ र सन् २०१३ मा ‘बम्बे टाकिज’ फिल्म बनाएका थिए। ‘घोस्ट स्टोरिज’को सुटिङ चाँडै सुरु हुँदैछ। विजय यसमा नायक रहेका छन्।

गएको वर्ष करण जौहरको फिल्म ‘धडक’मार्फत जाह्नवीले करिअर सुरु गरेकी थिइन्। जाह्नवीले हालै एक सडक बालकका लागि उसले चाहेको पुस्तक किनिदिएको फुटेज निकै भाइरल भएको थियो। आफूसँग रकम नभएपछि उनले आफ्नो चालकसँग सापटी मागेर पुस्तक किनिदिएकी थिइन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us