फिल्म हललाई मनोरञ्जन कर तिर्न महानगरले दियाे १५ दिने अल्टिमेटम

काठमाण्डु टुडे २०७६ भदौ ३ गते १०:११ मा प्रकाशित


काठमाण्डु,३भदौ– काठमाण्डु महानगरपालिकाले फिल्म हलहरूलाई मनोरञ्जन कर तिर्न १५ दिने अल्टिमेटम दिएको छ । महानगरको राजस्व विभागले सो अल्टिमेटम दिएको हो ।
प्रदेश ३ को आर्थिक ऐन २०७६ को व्यवस्थाबमोजिम फिल्म हलले चलचित्र प्रदर्शन गर्दा प्रतिटिकट बिक्रीमा मनोरञ्जन करबापत लिएको ५ प्रतिशतले हुन आउने रकम अर्को महिनाको २५ गतेभित्र स्थानीय सरकारलाई बुझाउनुपर्ने व्यवस्था बमोजिम महानगरले सूचना जारी गर्दै ताकेता गरेको छ । महानगरभित्र ४२ फिल्म हल छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us