नेप्सेमा ७ अंकको वृद्धि

काठमाण्डु टुडे २०७६ भदौ २ गते १५:३१ मा प्रकाशित

काठमाण्डु,२भदौ–साताको दोस्रो दिन सोमबार नेपाल स्कट एक्सचेन्ज नेप्से परिसूचक सामान्य अंकले बढेको छ । यस दिन नेप्से परिसूचक ७.२३ अंकले बढेर १२२२.०६ बिन्दूमा पुगेको छ । कुल १७५ कम्पनीको १४ लाख ७७ हजार कित्ता शेयर ३८ करोड ९६ लाख २५ हजार रुपैयाँमा कारोबार भएको छ ।

कारोबार शुरु भएको केही समयपछि उकालो लागेर दोहोरो अंकको वृद्धिमा पुगेको भए पनि नेप्से परिसूचक पछि क्रमिक रुपमा ओरालो लागेको थियो । सोमबार कारोबार रकमका आधारमा सिद्धार्थ बैंकको संस्थापक शेयरको कारोबार उच्च भएकाले सो कम्पनी अग्रस्थानमा रहेको छ । यसको बैंकको २ करोड ५८ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।

त्यस्तै सोमबारको कारोबारबाट सबैभन्दा बढी कमाउनेमा नाडेप लघुवित्त कम्पनीका लगानीकर्ता रहेका छन् । यस कम्पनीको शेयर मूल्य ७. ५० प्रतिशतले वृद्धि भएको छ । उता, सबैभन्दा बढी गुमाउनेमा सानिमा इक्विटी फन्डका लगानीकर्ता रहेका छन् । सो फन्डको इकाई मूल्य ३.५७ प्रतिशतले घटेको छ ।
सोमबार कारोबारमा आएका समूहमध्ये। निर्जीवन बीमा बाहेक सबै समूहको परिसूचक बढेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us