भदौको पहिलो दिन पनि नेप्सेमा गिरावट

काठमाण्डु टुडे २०७६ भदौ १ गते १५:५० मा प्रकाशित

काठमाण्डु,१भदौ–भदौ महिनाको पहिलो दिन खुलेको शेयर बजार घटेर बन्द भएको छ । यस दिन नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक ९.२० अंकले घटेर १२१४.८३ अंकमा झरेको छ । कुल १६० कम्पनीको शेयर ३२ करोड ९५ लाख २७ हजार रुपैयाँमा कारोबार भएको छ । यस दिन कारोबारमा आएका समूहमध्ये उत्पादन समूहबाहेक बाँकी सबै समूहमा गिरावट आएको छ ।
साताको पहिलो दिनसमेत रहेको यस दिने कारोबार रकमका आधारमा सबैभन्दा अगाडि एनआईसी एसिया बैंक रहेको छ । यस बैंकको २ करोड ४५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यस दिन सबैभन्दा धेरै ग्लोबल आइएमई बैंकका लगानीकर्ताले कमाएकाका छन् । यस कम्पनीको शेयर मूल्य ९.८५ प्रतिशतले बढेको छ । त्यसपछि रिलायन्स फाइनान्सको ६.८४ प्रतिशतले बढेको छ । आइतबार सबैभन्दा बढी गुराँस लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य घटेको छ । यस कम्पनीको ४.७५ प्रतिशतले घटेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us