
काडमाण्डु,१४साउन—विश्व फुटबलको सर्वोच्च निकाय फिफाले भोलि बुधबार फिफा वर्ष खेलाडी अवार्डको मनोनयन सार्वजनिक गर्ने भएको छ । फिफाले भोली पुरुष वर्ष खेलाडी, महिला वर्ष खेलाडी, वर्ष प्रशिक्षक पुरुष र महिलाको मनोनयन सार्वजनिक गर्ने जनाएको छ । फिफाले अवार्डका लागि सवै विधामा १०/१० खेलाडीको मनोनयनमा सार्वजनिक गर्नेछ । गत वर्ष क्रोएसियाका कप्तान तथा रियल मड्रिडका मिडफिल्डर लुका मोड्रिचले अवार्ड जितेका थिए । मोड्रिचले क्रिस्टियानो रोनाल्डो र मोहमद सलाहलाई पछि पार्दै उपाधि जितेका थिए ।