नेमारमाथि लगाइएको बलात्कार मुद्धा स्थिगित

काठमाण्डु टुडे २०७६ साउन १४ गते १४:२० मा प्रकाशित

एजेन्सि ,ब्रजिलका चर्चित फुटबल खेलाडी नेमार माथि लागेको बलात्कार अभियोग आवश्यक प्रमाण नभएपछि प्रहरीले उक्त मुद्धा बन्द भएको बताएको छ ।

साओ पाउलोको महान्यायाधिवक्ताको कार्यालयले प्रमाणको अभावमा उक्त मुद्दा निलम्बन गरिएको तर अन्तिम निर्णयको लागि त्यो अभियोजनकर्ताकहाँ पठाइने बताएको छ।ब्रजिलकी एक मोडल नाजिला त्रिन्दाजीले नेमारले गत मे महिनामा फ्रान्सको प्यारिसस्थित एउटा होटलमा आफूमाथि हातपात गरेको बताएपछि उक्त अनुसन्धान सुरु गरिएको थियो।नेमारले ती महिलाले लगाएका आरोपहरूको खण्डन गर्दै आफूबाट पैसा असुल्न खोजिएको दाबी गरेका थिए।

नेमारले आफूमाथि लागेको बलात्कारको आरोपको इन्स्टाग्राममा सात मिनेट लामो भिडिओ सार्वजनिक गरेपछि सो विषयले चर्चा पाएको थियो।नेमारले ती महिलाले आफूलाई पठाएका ह्वाट्सएप सन्देशहरू र तस्बिरहरू पनि प्रकाशित गरेका थिए।उक्त भिडिओमा उनले खासमा केही पनि नभएको प्रमाणित गर्न ती विवरणहरू सार्वजनिक गर्नुपरेको बताएका थिए।
नेमारले आफूहरू दुईबीच भएको चर्चाचर्की फुटेज र भिडिओ क्लिप सार्वजनिक गरे ।

प्रहरीले पछि त्रिन्दाजी विरुद्ध मानहानिको अभियोग लगााई ,उनले लगाएका आरोप दुराशयबाट प्रेरित भएको सङ्केत गरेको एएफपीको बताएको छ।साथै ति मोडेलको पक्षबाट मुद्धा लड्न समेत वकिलहरु पछि परेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us