चोटका कारण १ खेल गुमाएका पारस कुवेतविरुद्ध मैदानमा देखिने

काठमाण्डु टुडे २०७६ साउन १० गते १६:०३ मा प्रकाशित

काठमाण्डु, १० साउन -चोटका कारण मलेसिया विरुद्धको खेल गुमाएका नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले आफू पूर्ण रुपमा फिट भएको र कुवेत विरुद्धको खेलमा मैदानमा उत्रने बताएका छन् ।
कतार विरुद्धको खेलमा ब्याटिङका क्रममा घाइते भएका पारसले मलेसिया विरुद्धको खेल गुमाएका थिए । कम्मरमा आएको चोटका कारण फिट हुन नसकेपछि मलेसियाविरुद्ध मैदान बाहिर नै रहेका उनले मैदानमा खेल्न भन्दा कठिन हेर्न रहेको बताए ।
कतार विरुद्धका खेलमा चोट र हार दुवैको पीडा खेपेका पारसले आफू कुवेत विरुद्धको खेलका लागि फिट रहेको र मैदानमा उत्रन तयार रहेको बताए । कुवेतको टिम बलियो रहेकाले टिमले शनिबार पिचको कन्डिसन हेरेर योजना बनाउने समेत बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us