
काठमाण्डु, १ साउन- सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबलको लागि भएको ड्र मा नेपाल बी समुहमा परेको छ । बुधबार भएको ड्र अनुसार नेपाल अस्ट्रेलिया, कुवेत, चाइनिज ताइपेई र जोडर्न रहेका समुहमा परेको हो । यो समुह नेपालको लागि मध्यम खालको रुपमा खडा भएको छ ।
दोस्रो चरणको छनोटबाट १२ टिमले अन्तिम चरणमा स्थान बनाउनेछन् । जसमा समूहका विजेता र उत्कृष्ट चार उपविजेताले २०२३ को एसियन कपमा पनि स्थान बनाउनेछन् । दोस्रो चरणको छनोटमा एसियाका ४० देशलाई आठ समूहमा विभाजन गरिएको हो ।
नेपाल एसियाको वरीयतामा शीर्ष ३४ भित्र परेपछि पहिलोपटक नेपालले सोझै विश्वकपको दोस्रो चरणमा स्थान बनाएको हो ।