
काठमाण्डु, ३१ असार -बालाजुस्थित अटोपार्टका काम गर्ने रविन खत्रीलाई मंगलबार काठमाण्डु महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको फर्जी हस्ताक्षर गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।
आर्थिक वर्षको अन्त्यमा व्यवसाय नवीकरण गर्ने प्रयोजनका लागि वडाध्यक्ष मुकुन्द रिजालको फर्जी हस्ताक्षर गरेर सोह्रखुट्टेस्थित वडामा फाइल पेश गरेको पाइएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।
वडाध्यक्ष रिजालले वडा कार्यालयको दर्ता शाखामा आफ्नो नक्कली हस्ताक्षर गरेर रविनले फाइल पेश गरेको भेटिएपछि प्रहरीलाई बोलाएर जिम्मा लगाइएको जानकारी दिए ।उनलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको महानगरीय प्रहरी स्रोहखुट्टेका डीएसपी सन्तोष सिंह राठोरले बताए