
अछाम , ३० असार- अछाममा जङ्गली च्याउ र निहुरो खाँदा एक जनाको मृत्यु भएको छ भने दुई जनाको अवस्था गम्भीर रहेको छ । जिल्लाको रामारोशन गाउँपालिका–५ तल्लो पातलमा जङ्गली विषालु च्याउ खाँदा स्थानीय छ वर्षीया मनिषा बोहराको मृत्यु भएको हो ।
आइतबार बेलुका जङ्गली च्याउ र निहुरोको तरकारी पकाएर खाँदा मनिषाको मृत्यु भएको छ भने उनकी आमा नरपता बोहरा तथा नरपताका छोरा रवीन्द्र बोहराको अवस्था गम्भीर रहेको वडासदस्य शेरबहादुर बोहराले जानकारी दिए । जङ्गली च्याउ र निहुरो खाएर अवस्था गम्भीर भएका आमाछोराको अहिले बयलपाटा अस्पातालमा उपचार भइरहेको स्थानीय चन्द्र भण्डारीले जानकारी दिए ।