बाढी र डुबानः भारतीय दादागिरी टुलुटुलु हेरेर बस्दाको परिणाम

काठमाण्डु टुडे २०७६ असार ३० गते ७:४९ मा प्रकाशित

काठमाण्डु, ३० असार डुबान समस्या हल गर्न नेपाल–भारत संयुक्त प्राविधिक टोलीले ६ महिनाअघि तयार पारेको स्थलगत अध्ययन प्रतिवेदन कार्यान्वयन नगरिँदा यस वर्ष पनि तराईका बस्तीहरु बाढीको चपेटामा परेका छन् ।
भारतले बनाएका बाँध र सडकलगायत संरचनाका कारण तराई क्षेत्रमा बर्सेनि हुने डुबान समस्याको दीर्घकालीन समाधान खोज्न तयार पारिएको विस्तृत कार्ययोजनासहितको प्रतिवेदन परराष्ट्र मन्त्रालयले गत माघ दोस्रो साता भारतलाई पठाएको थियो । तर भारतीय पक्षबाट कार्ययोजनाका सम्बन्धमा कुनै जवाफ नआएको स्रोतले जनायो ।
गत वर्ष काठमाण्डुमा सम्पन्न डुबान तथा बाढी व्यवस्थानका लागि गठित नेपाल–भारत संयुक्त समिति (जेसीआईएफएम) को १२ औं बैठकले नेपालको तराई क्षेत्रमा बर्सेनि हुने डुबान समस्या पहिचान तथा त्यसको दिगो समाधानका लागि द्विदेशीय प्राविधिक टोलीले संयुक्त रुपमा स्थलगत अनुगमन गर्ने निर्णय गरेको थियो । कान्तिपुर दैनिकबकाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us