सडकको खाडलमा डुबेर बच्चाको मृत्यु

काठमाण्डु टुडे २०७६ असार २९ गते १६:२७ मा प्रकाशित

बारा, २९ असार- बाराको कलैया उपमहागनरपालिका वडा नम्बर-१३ बलिरामपुर टोलमा डुबेर एक बालकको मृत्यु भएको छ ।
बलिरामपुर निवासी हजारी साह गोढका १० बर्षिय छोरा अन्जित साह गोढको बाख्रा चराउन गएको बेला हिजो साँझ ६ बजे घर नजिकैको सडकमा खनिएको खाडलमा जमेको पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता रंजितसिंह राठौरले बताए ।
यस अघि बाराको परवानीपुर गाउँपालिका १ का १८ महिने बिक्की यादवको डुवेर मृत्यु भएको थियो । यो घटनासँगै बारामा डुबेर २ जनाको मृत्यु भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us