घुस लिदै गर्दा प्रहरी प्रक्राउ

काठमाण्डु टुडे २०७६ असार २९ गते १४:५५ मा प्रकाशित

काठमाण्डु, २९ असार-दुर्घटना बीमा दाबी पत्र बनाइ दिन सेवाग्राहीसँग एक लाख घुस लिएको अवस्थामा महानगरीय ट्राफिक प्रहरी नयाँ बसपार्क गोंगबुमा कार्यरत तीन प्रहरीलाई पक्राउ गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले तीन प्रहरी जवान देवेन्द्र बलायर, आकाश खनाल र निरज भण्डारीलाई शुक्रबार पक्राउ गरेको हो।

उनीहरुसँगै नेपाल प्रहरी २ नम्बर गण महाराजगञ्जका अर्का जवान हिटलर साउद पनि पक्राउ परेका छन्।  घुस रकम लिइसकेको अवस्थामा शुक्रबार नियन्त्रणमा लिई अनुसन्धान जारी रहेको आयोगले बताएको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us