बन्दीले उत्पादन गरेका कपडा बेच्न पसल खोलिँदै

काठमाण्डु टुडे २०७६ असार २९ गते १२:२४ मा प्रकाशित

काठमाण्डु, २९-असार देशका विभिन्न स्थानमा रहेका कारागारका बन्दीले उत्पादन गरेका सामाग्रीको बजार पवद्धन गर्न स्थायी बिक्री केन्द्र निमार्ण कार्य सुरु भएको छ । कारागारका बन्दीहरुले स्तरीय तन्ना,पर्दा सारी एंव सटिङगलगायतका विभिन्न सामानहरु उत्पादन गरेका छन् ।
उधोग विभागका महानिर्देशक विनोदप्रकास सिहंले त्रिपुरेश्वर-टेकु सडकमा मुख्य सटरको मोहोडा हुने गरी चार कोठाको बिक्री एवं प्रदर्शनी स्थल निर्माण अघि बढेको बताए । करिब २० लाख लागतमा निर्माण हुने टसको उक्त केन्द्र साउन महिनाबाटै सञ्चालनमा आउने महानिर्देशक सिंहले बताए ।

केन्द्रीय कारागारका बन्दीहरुले सुती कपडाका स्तरीय सामान उत्पादन गरे पनि ग्राहकको पहुँच नपुग्दा उत्पादन ओझेलमा परेको पाए पछि केन्द्र स्थापना जरुरी भएको महानिर्देशक सिंह बताउँछन् । भृकुटीमण्डपमा केही समयअघि भएको घरेलु प्रदर्शनीमा निकै रुचाइएको बन्दीहरुद्वारा उत्पादित कपडा कारागारबाट बिक्री हुन मुस्किल भएको थियो ।

जेलमा आएर आफैँ कपडाको प्रकार छानेर लैजान सर्वसाधारणलाई असहज हुने भएकाले यस्तो केन्द्र जरुरी देखिएको उद्योग विभागका निर्देशक एवं प्रवक्ता बिनोदकुमार खड्का बताउँछन् । बाहिरबाट आयात भएका र बजारमा कम्तिमा एक सय रुपैयाँ पर्ने रुमाल यस्ता केन्द्रमा २५ रुपैयाँमै पाउन सकिने खड्काले बताए ।

सरकारको जेल सुधार योजनाअनुसार केन्द्रीय कारागार काठमाडौं, झापा, कास्की र पाल्पामा कारागार तालिम केन्द्र सञ्चालनमा छन् । विभिन्न अभियोगमा लामो समय जेल जीवन बिताउनुपर्ने बन्दीलाई जेल भित्र बसेको समय सदुपयोग गरी जेल जीवनपछि स्वावलम्बी बनाउन यस्ता कारखाना सञ्चालनमा छन् ।

आर्थिक वर्ष २०६१ सालदेखि हालसम्म २ हजार ८७१ जना बन्दीले यस्तो तालिम लिइसकेका छन् । उनीहरुले अहिलेसम्म ४५ हजार मिटर कपडा उत्पादन गरिसकेका छन् । आर्थिक वर्ष ०७४र०७५ मा कपडा बिक्रीबाट ६५ लाख आम्दानी गर्ने लक्ष्य लिएको कारागार कारखानाले १० लाख बढी ७५ लाख रुपैयाँ बराबरको ब्यापार गरेको उद्योग विभागले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us