आफ्नै बच्चाको बिचल्ली पारिन् निर्दयी आमाले

काठमाण्डु टुडे २०७६ असार २९ गते ११:५६ मा प्रकाशित

जाजरकोट, २९ असार- पाँच वर्षअघि बाबुको निधन र आमाले अर्कैसगँ विवाह गरेपछि जाजरकोट बारेकोटमा तिन बालबालिकाको बिचल्लि भएको छ ।
बारेकोट गाउँपालिका–५ कालाखोलीका १४ वर्षीय हीरा नेपाली, १२ वर्षीया मीना नेपाली र १० वर्षीय प्रविन नेपाली बिचल्लीमा परेका हुन् । उनीहरुलाई शिक्षादीक्षामा मात्र होइन, गाँसबासकै समस्या भएको छ ।
उनीहरु गाउँ नजिकैको सरस्वती माध्यमिक विद्यालय सिलङ्गीचौरमा ८, ७र ६ कक्षामा पढ्छन् । “पढ्न मन भएर के गर्ने कापी कलम किन्ने पैसा छैन, खाने अन्न, लगाउने कपडासमेत छैन, साना भाइबहिनी कसरी हुर्काउने समस्या छ”, हीराले भने ।
घरको अन्नबालीले तीन महिना पनि खान पुग्दैन, गाउँघरमा ज्याला मजदुरी गरेर थोरै पैसा कमाउने र त्यसैबाट भाइबहिनीको कापी कलम तथा घरव्यवहार धान्ने गरेको हीरा बताउँछन् ।
उनीहरुको सहयोगका लागि विभिन्न सङ्घसंस्था तथा व्यक्तिसँग अनुरोध गरे पनि कतैबाट सहयोग नमिलेको काका रतन नेपालीले बताए । काका भदछन्“दाजुको मृत्यु भयो, भाउजू पोइल गइन् के गर्ने साना छन् मैलै नै सहयोग गर्दै आएको छु”, ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us