
काठमाण्डु, २९ असार- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राप्रपा लाई पुनर्जागृत गराएरै छाड्ने दृढता ब्यक्त गरेका छन् । पार्टीको मोरङ जिल्ला कार्य समितिको बिस्तारित बैठकलाई सम्बोधन गर्दै थापाले राप्रपालाई जनताले बिस्तारै आशा र बिश्वासको नजरले हेरिरहेको तथा काङ्ग्रेस कम्युनिस्ट असफलताको दिशामा गएको दाबी गरे । म पछिल्लो छोटो अबधिमा मेचीमहाकाली दुई पटक गए, ५०र५२ जिल्लाको भ्रमण गरेको छु भन्दै थापाले कार्यकर्ताहरुलाई ढाडस दिदै भने, राप्रपाको भबिष्य छ,बिस्तारै उठ्दैछ, उठ्छौ,हामीले एजेन्डा स्थापित गराएरै छाड्छौ। कार्यकर्ताहरु कोहि पनि बिचलित हुनु नपर्ने भन्दै थापाले अभाब र संकटमा मान्छेको परिक्षा हुने भएकोले खरो रुपमा उत्रन कार्यकर्तालाई निर्देशन दिए । आरोप प्रत्यारोप लगाउने वा कुनै निहुँ र बाहाना बनायर कोहि निष्कृय हुने छुट नभएको भन्दै थापाले बलियो एजेन्डा, प्रतिबद्ध, निष्ठावान र लगनशील कार्यकर्ताको बलमा राप्रपा अघि बढ्ने दाबी गरे । राप्रपालाई मुलुकको प्रमुख राजनीतिक शक्ति निर्माण गरेर छाड्ने आँट आफुमा रहेको भन्दै थापाले काङ्ग्रेस र कम्युनिस्टको विकल्पको रुपमा राप्रपा केही समयमा राजनीतिक परिदृष्यमा उदाउने बिचार ब्यक्त गरे । सो अबसरमा पार्टीका प्रदेश १ का अध्यक्ष राम थापा, सहायक महामन्त्री केदार कोइराला, दिनेश साह, माधब आचार्य लगायतले बोलेका थिए । थापा धनकुटा , मोरङ्ग, इलाम र झापाको कार्यक्रममा सहभागी हुने पार्टीका सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।