तराई डुबानबारे बोले विप्लवः भारतमाथि लगाए आरोप

काठमाण्डु टुडे २०७६ असार २९ गते ११:०५ मा प्रकाशित

file photo

काठमाण्डु, २९ असार– सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अबिरल वर्षासँगै आएको बाढी पहिरो र डुबानबाट मुलुकका विभिन्न स्थानमा ज्यान गुमाएकाका परिवारलाई उचित राहत उपलब्ध गराउन माग गरेको छ ।

महासचिव विप्लवले आइतबार एक विज्ञप्ति जारी गर्दै मृतक परिवारलाई अल्पकालीन, दिर्घकालीन क्षतिको उचित राहत उपलब्ध गराउन र घरबास गुमेकालाई बास र रोजगारीको व्यवस्था गर्न माग गरेका छन् । विप्लवले सबै पार्टी पंक्तिलाई राहत र उद्धारमा जुट्न समेत निर्देशन दिएका छन् ।

विज्ञप्तिमा विप्लवले प्रकृतिमाथिको अराजक, अनियन्त्रित दोहन, राज्यको पूर्व तयारीको अभाव, भारतसँग भएको असमान सन्धि सम्झौता, नेपाल भार सीमानामा बनेको बाँध, तटबन्ध र अन्तर्राष्ट्रिय कानून विपरीत नेपाल भारत सीमानासँग टाँसिएर बनाइएका विशाल सडकहरु, गरिब श्रमिक जनताको जोखिमपूर्ण बसाई गर्नुपर्ने बाध्यताका कारण प्राकृतिक प्रकोपमा परी जनताले ठूलो जनधनको क्षथि व्यहोर्नु परेको उल्लेख छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us