
काठमाण्डु, २८ असार- भारतमा आत्महत्या गरेकी भनिएकी एक महिला जिवितै भेटिएपछि हंगामा भएको छ ।
गत ५ जुलाइमा नयाँदिल्लीबाट हराएकी कोमल तलान नामकी मुम्बइमा भेटिएकी हुन् । उनी बीमा कम्पनीको तालिम म्यानेजरका रुपमा कार्यरत थिइन् । कारसहित हराएपछि प्रहरीले खोजी तीव्र पारेको थियो । कार भने उत्तर प्रदेशको घाजियावादमा पार्क गरिराखेको जुलाई ६ मा भेटिए पनि महलिाको पत्तो भएन । तर, कारसँगै सुसाइड नोट भेटियो । नोटमा श्रीमान र सासुले मानसिक तनाव दिएकाले आत्महत्या गरेको उल्लेख थियो । प्रहरीले धेरैतिर शव खोज्यो । शव कतै फेला नपरेपछि प्रहरीले ठान्यो महिलाले नदीमा हामफालेर आत्महत्या गरिन् ।
तर, घटनाको तीन दिनपछि कल डिटेल हेर्दा महिला उनका केही केटी साथीसँग सम्पर्कमा रहेको देखियो । प्रहरी खोज्दै जयपुर पुग्यो । उनी त्यहाँबाट मुम्बई पुगिसकेकी थिइन् । प्रहरी मुम्बई गयो, महिला बैंग्लोर पुगिन् । बैंग्लोरबाट प्रहरीले महिलालाई नियन्त्रणमा लियो । महिला प्रहरीको सम्पर्कमा छिन् ।