दुर्घटनामा चार जनाको मृत्यु

काठमाण्डु टुडे २०७६ असार २८ गते १९:०१ मा प्रकाशित

काठमाण्डु, २८ असार– छुट्टाछुट्टै सवारी दुर्घटनामा शनिबार ४ जनाको मृत्यु भएको छ । अछाम, चितवन, ललितपुर र सुनसरीमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको हो ।
अछामः कमलबजार नगरपालिका–५ कृतिपुरस्थित सडकमा ना३ख ४४५२ नम्बरको ट्रकले सोही ठाउँ बस्ने भरत भण्डारीकी ४ वर्षीया छोरी अस्मिता भण्डारीलाई शुक्रबार साँझ ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
चितवनः ईच्छाकामना गाउँपालिका–५ मुग्लिङ बजारस्थित पृथ्वी राजमार्गमा ना४ख १७९६ नम्बरको ट्रकमा सडक माथिबाट ठूलो ढुङगा झरी लाग्दा ट्रक सडकबाट करिब ८० मिटर तल त्रिशुली नदीमा खस्दा शनिबार बिहान बेपत्ता भएका सहचालक दाङ घोराही बस्ने २४ वर्षीय अनिल खोजी गर्ने क्रममा नदीमा मृत अवस्थामा फेला परेका छन् । ट्रक चालक ललितपुर बस्ने ४६ वर्षीय माधव थापा मगरलाई उद्धार गरी उपचारको लागि सरकारी अस्पताल भरतपुरतर्फ पठाइएको छ ।
चितवनः रत्ननगर नगरपालिका–१६ खैरेटीस्थित सडकखण्डमा खेत जोतेर फर्कदै गरेको ना।७ त ४११ नम्बरको ट्याक्टर अनियन्त्रित भई खेतबाट करिब १५ मिटर तल खेतमा खस्दा गम्भीर घाइते भएका टयाक्टर चालक सोही ठाउँ बस्ने ४५ वर्षीय नारायण न्यौपानेको उपचारको लागि भरतपुरतर्फ लैजाने क्रममा शनिबार दिउँसो बाटोमै मृत्यु भएको छ ।
सुनसरीः ईनरुवा नगरपालिका–३ स्थित पूर्वपश्चिम राजमार्गमा ना५ख ३३०९ नम्बरको ट्रकले को५७प १७२७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक ईनरुवा–६ मधेसा बस्ने ३७ वर्षीय भोगेन्द्र घिमिरेको न्यूरो अस्पताल विराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।
दुर्घटनामा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २७ वर्षीय अनिल ऋषिदेव सदाको घाइते भएकाले उपचारको लागि गोल्डेन अस्पताल विराटनगर पठाइएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us