तीन किशोरीलाई एकैपटक खोलाले बगायो

काठमाण्डु टुडे २०७६ असार २८ गते १८:५५ मा प्रकाशित

इलाम, २८ असार–इलामको माई नगरपालिकामा बाढीले बगाएर तीन जना किशोरी बेपत्ता भएका छन् ।

 

माई नगरपालिका–१ निवासी आकृति लिम्बू, निशा साउदेन र सुनिता साउदेन बेपत्ता भएका हुन् ।  जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी हेमन्त भण्डारीका अनुसार माई नगरपालिका–६ गोतामे माविमा शुक्रबार परीक्षा सकेर आज घर जाने क्रममा उनीहरुलाई खोलाले बगाएको हो ।  माई नगरपालिका–६ बरधरे भन्ने स्थानबाट माइखोला तरेर घर जाने क्रममा उनीहरुलाई खोलाले बगाएको भण्डारीले जानकारी दिए ।

उनीहरुको खोजीका लागि जिल्ला प्रहरी कार्यालय इलाम र चिसापानी प्रहरी चौकीबाट प्रहरी खटाइएको बताइएको छ ।  निरन्तरको पानीका कारण उद्धार कार्यमा समस्या भएको उनले बताए । खोलाले बगाएर शुक्रबार इलाम चुलाचुली गाउँपालिकाका अञ्चल लावतीको मृत्यु भएको थियो । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us