राजपा नेताले गर्वसाथ भने– बाढी पीडितलाई सरकारले केही गरेन, भारतीय राजदूतलाई भनेको छु

काठमाण्डु टुडे २०७६ असार २८ गते १८:१० मा प्रकाशित

काठमाण्डु, २८ असार– भारतीय जनता पार्टी (भाजपा) अध्यक्ष मण्डलका संयोजक अनिल झाले सरकारले बाढी र पहिरो प्रभावितलाई राहत र उद्धार गर्न नसकेको आरोप लगाउँदै आफूले नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीलाई सहयोग गर्न आग्रह गरेको बताएका छन् ।

झाले राजदूत पुरीलाई आफूले टेलिफोन गरेर राहतका लागि सहयोग गरिदिन भनेको बताए । ‘कुरा त भइरहेको छ । तर, सरकारको केही गरेन त्यसैले मैले भारतीय राजदूतलाई फोन गरेर भनेको छु’, राजधानीमा शनिबार आयोजित कार्यक्रममा झाले भने । झाले प्रधानमन्त्री केपी ओलीसँग कुरा हुन नसकेको र गृहमन्त्री रामबहादुर थापालाई पनि टेलिफोन गरेर समस्याबारे ध्यानाकर्षण गराएको बताए । झाले पार्टीले आफ्नो हैसियतअनुसार पीडितलाई सहयोग गर्ने घोषणा पनि गरे । आफू शुक्रबारदेखि नै निरन्तर सम्बन्धित निकाय र त्यसका प्रमुखहरुसँग सम्पर्कमा रहेको पनि सुनाए । ‘म काठमाण्डुमै छु, म यहीँ बसेर पनि मैले गर्नुपर्ने आफ्नो दायित्व पूरा गरेको छु’, झाले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us