
काठमाण्डु, २२ असार– कोपा अमेरिकाको तेस्रो स्थानको प्लेअफमा रातो कार्ड पाएका लियोनल मेस्सीले प्रतियोगितामा भ्रष्टाचार भएको आरोप लगाएका छन् ।
ग्यारी मेडलसँगको झगडापछि पहिलो हाफमा नै रातो कार्ड पाएका मेस्सी खेल सकिएपछि पनि पदक लगाउन मैदानमा गएनन् । उनले यो संस्करणको कोपा अमेरिका ब्राजिललाई जिताउने प्रपञ्च भएको बताएका छन् । ‘ब्राजिललाई जिताउने खेल भइरहेको छ, कुनै शंका छैन,’ मेस्सीले भने ।
‘म यो भ्रष्टाचारको भागिदार हुन चाहन्न । म सँधै साँचो बोल्छु, इमान्दार छु, त्यसैका कारण म शान्त पनि छु,’ उनले भने । रातो कार्डको सम्बन्धमा मेस्सीले ब्राजिलका बारेमा केही बोलेका कारण आज त्यसको प्रतिशोध लिएको प्रतिक्रिया दिए ।
‘पछिल्लो पटक ब्राजिलको विरुद्ध जे भने, त्यसको प्रतिशोध लिएका हुन् । त्यो घटनामा पहेंलो कार्ड पर्याप्त थियो ।’ अर्जेन्टिना तेस्रो भए पनि लियोनल मेस्सीका लागि यो प्रतियोगिता निकै खल्लो भयो । प्रतियोगितामा उनले एक गोल पनि गर्न सकेनन् । एजेन्सी