
काठमाण्डु, १८ असार– प्रधानमन्त्री केपी ओली अस्वस्थ भएका छन् ।
ओलीलाई गएरातिदेखि नै झाडा पखाला लागेको प्रधानमन्त्रीको निजी सचिवालय स्रोतल जनाएको छ । झाडा पखाला नरोकिएपछि प्रधानमन्त्री सिंहदरबार कार्यालय गएका छैनन् । सबै राजनीतिक भेटघाट स्थगित गरिएका छन् । बालुवाटारमै चिकित्सक बोलाएर स्वास्थ्य परीक्षण गरिएको छ । ओली अहिले औषधि सेवन गरेर आराम गरिरहेका छन् ।