रोहितको कीर्तिमानी शतकमा बंगलादेशलाई हराउँदै भारत सेमिफाइनल प्रवेश

काठमाण्डु टुडे २०७६ असार १८ गते १२:०५ मा प्रकाशित

काठमाण्डु, १७ असार- भारतले आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा स्थान पक्का गरेको छ । मंगलबार राति भएको खेलमा बंगलादेशलाई २८ रनले पराजित गर्दै भारत सेमिफाइनलमा पुगेको हो ।
भारतले दिएको ३१५ रनको लक्ष्य पछ्याएको बंगलादेशल ४८ ओभरमा अलआउट हुँदै २८६ रनमा समेटियो । बंगलादेशलाई कम स्कोरमा समेट्ने क्रममा भारतका जस्प्रित बुम्राहले ४ तथा हार्दिक पाण्डयाले ३ विकेट लिए ।बंगलादेशका लागि शकिब अल हसनले ६६ तथा मोहमद साइफुदिनले अविजित ५१ रनको अर्धशतकीय इनिङ्स खेले तर टोलीलाई जित दिलाउन सकेनन् । यस्तै बंगलादेशका सब्बीर रहमानले ३६, सौम्य सरकारले ३३ तथा मुस्फिकर रहिमले २४ रन बनाए ।भारतका रोहित शर्माले मंगलबारको खेलमा पनि शतकीय इनिङस खेले । उनले ९२ बल खेल्दै ५ छक्का र ७ चौकाको मद्दतले सर्वाधिक १०४ रन बनाए । योसंगै रोहित कम खेलमा सर्वाधिक चाँडो ५ शतक बनाउने खेलाडी बने । उनले विश्वकपको १५ इनिङ्समा ५ शतक बनाएका हुन् ।
यस्तै ओपनर लोकेस राहुलले ७७ रनको अर्धशतकीय ईनिङ्स खेल्दा ऋषभ पन्तले ४८, महेन्द्र सिंह धोनीले ३५ तथा कप्तान बिराट कोहलीले २६ रनको योगदान गरे । बंगलादेशका मुस्ताफिजुर रहमानले ५ विकेट हात पारे । यस्तै शकिब अल हसन, रुबेल हुसेन र सौम्या सरकारले समान १ १ विकेट हात पारे ।जितसंगै भारतले सेमिफाइनलमा स्थान पक्का गरेको छ । ८ खेलबाट १३ अंक जोडेको छ । भारत तालिकाको दोस्रो स्थानमा छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us