
काठमाण्डु, १८ असार-अर्जेन्टिनालाई हराउँदै ब्राजिल कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ । बुधबार बिहान भएको खेलमा मेसीको कप्तानीमा रहेको अर्जेन्टिनलाई २-० ले पराजित गरी ब्राजिल फाइनलम पुगेको हो ।ब्राजिलको जितका लागि १९ औं मिनेटमा गाब्रिएल जेसुसले गोल गरेका हुन् भने दोस्रो गोल ७१ औं मिनेटमा रोबेर्टो फर्मिनोले गरेका हुन् । प्रतिस्पर्धात्मक खेलमा अर्जेन्टिनाले ब्राजिलविरुद्ध केही गोलका अवसर सिर्जना गरेपनि गोल गर्न नसक्दा ब्राजिललाई नतिजा सुम्पिन बाध्य भयो ।
ब्राजिलले अब उपाधिका लागि बिहीबार हुने अर्को सेमिफाइनल खेलमा चिली र पेरुबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। अर्जेन्टिना कोपा अमेरिकाको दोस्रो सफल टोली हो ।सर्वाधिक सफल टेली उरुग्वेले १५ उपाधि जित्दा अर्जेन्टिनाले १४ उपाधि जितेको छ । ब्राजिले ८ पटक उपाधि जितेको छ ।