पौडी खेल्दा सँगै बगे दुई बालक

काठमाण्डु टुडे २०७६ असार १८ गते ११:२४ मा प्रकाशित

म्याग्दी, १८ असार–बेनी नगरपालिका–३ दुधेखोलाका दुई बालक पौडी खेल्ने क्रममा म्याग्दी नदीले बगाउँदा बेपत्ता भएका छन् ।
बेनपा–३ भकिम्लीका ११ वर्षीय प्रदीप रोका र बागलुङ घर भई हाल बेनपा–३ दुधेखोलामा मामाको घरमा बस्दै आएका अर्का बालक डेविड काउचा मङ्गलबार बेलुका साढे चार बजे म्याग्दी नदीमा पौडी खेल्दा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले बताएको छ । विद्यालयबाट फर्केर पौडी खेल्ने क्रममा नदीले बगाउँदा दुई बालक बेपत्ता भएका बेनपा–३ का वडा सदस्य गेमबहादुर घर्तीले बताएका छन् ।

प्रहरीे बेपत्ता बालकको खोजीकार्य भइरहेको र अहिलेसम्म उनीहरुको अवस्था अज्ञात रहेको जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us