
एजेन्सी । भारतका ब्याट्सम्यान रोहित शर्माले आईसीसी एकदिवसीय विश्वकप क्रिकेटअन्तर्गत पाकिस्तानविरुद्धको खेलमा शतक पूरा गरेका छन् । ओपनरमा आएका उनले भारतका लागि ८५ बल खेल्दै ९ चौका र ३ छक्काको सहयोगमा १०० रन पूरा गरे ।
रोहितको एकदिवसीय क्रिकेटमा यो २४ औँ शतक हो । पाकिस्तानविरुद्ध टस हारेर भारतले ब्याटिङ गरिरहेको छ । २९ ओभरको समाप्तिमा भारतले १७२ रन बनाएको छ ।
यस अघि उनीसँगै ओपनामा आएका केएल राहुलले ७८ बल खेल्दै ३ चौका र २ छक्काको सहयोगमा ५७ रन बनाएर आउट भएका थिए ।