कोपा अमेरिका फुटबलको पहिलो खेलमै अर्जेन्टिनालाई झट्का

काठमाण्डु टुडे २०७६ असार १ गते १०:२१ मा प्रकाशित

एजेन्सी । कोपा अमेरिका फुटबलमा अर्जेन्टिनाले पहिलो खेलमा पराजय भोगेको छ । समूह चरणको पहिलो खेलमा उसलाई कोलम्बियाले २–० गोलले पराजित गरेको हो ।

पहिलो हाफ बराबरीमा सकिएको खेलमा दुबै गोल दोश्रो हाफमा भएका हुन् । खेलको ७१ औं मिनेटमा कोलम्बियाले अग्रता लिएको थियो । सो अग्रता रोजर मार्टिनेजले दिलाएका थिए ।

त्यसपछि खेलको ८६ औं मिनेटमा डुवन जापाताको गोलमा कोलम्बियाले अग्रतालाई दोब्बर पार्‍यो । त्यसपछि कुनै गोल भएन र अर्जेन्टिना २–० ले पराजित भयो ।

यस खेलमा गोल मेसिनका रूपमा परिचित लियोनेल मेस्सी गोल गर्न असमर्थ रहे । हामेस रोड्रिग्वेजसहितको कोल्म्बियाले अस्जेन्टिलाई खेल अवधिभर खुलेर खेल्न दिएन ।

आज नै सम्पन्न भएको समूह ए खेलमा भेनेजुयला र पेरूले गोल रहित बराबरी गरेका छन् । विश्वको पुरानो फुटबल प्रतियोगितामा उपाधिका लागि १२ टोलीले प्रतिष्पर्धा गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us