सुकेधारा बम विस्फोटः विप्लव कार्यकर्ता राजकुमार श्रेष्ठको निधन

काठमाण्डु टुडे २०७६ जेठ ३२ गते १२:०९ मा प्रकाशित

काठमाण्डु, ३२ जेठ – काठमाण्डुको सुकेधारामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले बनाएको बम विस्फोटमा परी घाइते भएका थप एक जनाको शनिबार मृत्यु भएको छ ।

विप्लव समूहद्वारा आयोजित नेपाल बन्दको अघिल्लो दिन १२ जेठमा सुकेधारास्थित एक सैलुनमा भएको विस्फोटमा घाइते भएका राजकुमार श्रेष्ठको ओम अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । रामेछाप मन्थलीका स्थायी बासिन्दा श्रेष्ठ विप्लव कार्यकर्ता हुन् । योसँगै उक्त विस्फोटमा मृत्यु हुनेको संख्या ५ पुगेको छ । यसअघि सोही घटनामा विप्लव सम्वद्ध अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य प्रज्ज्वल शाहीसहित चार जनाको सोही दिन मृत्यु भएको थियो । घटनामा गम्भीर घाइते भएका हरि खड्का र सुरेन्द्र महर्जनको ओम अस्पतालको आइसियूमा उपचार भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us