सिमेन्ट उद्योगको ढलान खसेर तीन मजदुरको मृत्यु

काठमाण्डु टुडे २०७६ जेठ ३२ गते १०:१५ मा प्रकाशित

काठमाण्डु, ३२ जेठ– दाङको लमही नगरपालिका–७ स्थित सम्राट सिमेन्ट उद्योग निर्माण गर्ने क्रममा ढलान भत्किँदा तीन मजदुरको ज्यान गएको छ ।
उद्योग भवनको छैटौं तलामा ‘प्लान्ट’ निर्माणका क्रममा शनिबार बिहान ढलान भत्किँदा भारत झारखण्डका ४५ वर्षीय मङ्गल कस्यव, २२ वर्षीय दयाल हरेन र ४६ वर्षीय साहेवको मृत्यु भएको हो ।  वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख अरुणकुमार सिंहका अनुसार घटनामा अरु तीन जना घाइते भएका छन् । घाइतेमध्ये अजय हेरेन र नरेन बोडोको अवस्था गम्भीर छ । उनीहरुलाई थप उपचारका लागि बुटवल पठाइएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us