वीर अस्पतालका डा ढुण्डीराज पौडेलले दिए राजीनामा

काठमाण्डु टुडे २०७६ जेठ ३१ गते १७:२१ मा प्रकाशित

काठमाण्डु, ३१ जेठ – वीर अस्पतालका नाक, कान घाँटी विभागका प्रमुख डाक्टर ढुण्डीराज पौडेलले सरकारलाई राजीनामा बुझाएका छन् । डा पौडेलले पाँच दिन अगाडि नै राजीनामा पत्र बुझाएका हुन् ।

सरकारी अस्पतालहरुको स्वास्थ्य सेवालाई गुणस्तर बनाउन र सरकारी अस्पतालको सेवा सुधार गर्न पहल गरेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा गुणस्तर बनाउन उदासिन बनेको आरोप लगाउँदै डा पौडेलले राजीनामा दिएका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us