पाल्पामा जंगली च्याउले लियो चार जनाको ज्यान

काठमाण्डु टुडे २०७६ जेठ ३१ गते १७:०७ मा प्रकाशित

पाल्पा, ३१ जेठ – गत जेठ २४ गते च्याउ खाएर गम्भीर बिरामी भएका पाल्पा निस्दी–३ का थप चार जनाको मृत्यु भएको छ । केही दिनअघि जंगलबाट ल्याएको विषालु च्याउ खाएर गम्भीर बिरामी भएकामध्ये अहिलेसम्म ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक कृष्णराज सापकोटाले बताए ।

जेठ २५ गते शनिबार बिरामी भएर नवलपुरस्थित मध्यविन्दु अस्पतालमा सामान्य उपचारपछि जेठ चितवनस्थित विभिन्न अस्पतालमा उनीहरूको उपचारको क्रममा दु्ईजना बालिकाको मृत्यु भएको थियो । निस्दी गाउँपालिका–३, सार्कीडाँडाका ९ वर्षकी निर्मलासिंह ठकुरी र ४ वर्षकी विष्णु सिंह ठकुरीको २५ गते मृत्यु भएको थियो ।

यस्तै, ७ वर्षका सुमनसिंह ठकुरी, १४ वर्षकी निरुता, १२ वर्षकी निसा, ४५ वर्षका पूर्णबहादुर खाम्चाको काठमाण्डुका विभिन्न अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रनाउ सापकोटाले बताए । अन्य चारजनाको काठमाण्डुमै उपचार भइरहेको छ ।

२९ वर्षकी दानमाया सिंह, ३० वर्षकी धनकुमारी सिंह, ३६ वर्षकी चनकुमारी खाम्चा र १५ वर्षकी विमला खाम्चाको अवस्था अझै गम्भीर छ । च्याउ खाएर बिरामी भएर उपचारपछि ८० वर्षका प्रेमबहादुर ठकुरी अस्पतालबाट डिस्चार्ज भएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us