‘महाभूकम्प आउँछ’ भन्दै आतंक फैलाउने ज्योतिषी छुटे

काठमाण्डु टुडे २०७६ जेठ ३१ गते १६:३६ मा प्रकाशित

काठमाण्डु, ३१ जेठ – देशमा महाभूकम्प आउँछ भन्दै सर्वसाधारणमा आतंक फैलाएको आरोपमा पक्राउ परेका ‘ज्योतिषी’ अर्जुन थापा क्षत्री रिहा भएका छन् ।


शुक्रबार क्षत्रीलाई जिल्ला अदालत काडमाण्डुले तारेखमा रिहा भएको महानगरीय प्रहरी परिसर काठमाण्डुका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

क्षत्रीलाई महानगरीय प्रहरी परिसर काठमाण्डुले सर्वसाधरणमा भ्रम सिर्जना (अफवाह) फैलाएको अभियोगमा गत जेठ २१ गते गौशालाबाट पक्राउ गरेको थियो ।

उनले यूट्यूव भिडियोमार्फत जेठ महिनाभित्र विनाशकारी भूकम्प आउने भन्दै आतंक फैलाएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us