भारत र न्यूजिल्याण्डको खेल पानीले रोक्ने !

काठमाण्डु टुडे २०७६ जेठ ३० गते ११:३९ मा प्रकाशित

एजेन्सी । आईसीसी विश्वकप क्रिकेटमा भारत र न्यूजिल्याण्ड शुक्रबार खेल्दैछन् । विश्वकपमा १० टिम सहभागि भएकोमा अहिलेसम्म भारत र न्यूजिल्याण्ड मात्रै अपराजित रहेका छन् ।

भारतले २ खेल खेलेको छ भने न्यूजिल्याण्डले अहिलेसम्म तीन खेल खेलिसकेको छ । नेपाली समय अनुसार अपरान्ह सवा ३ बजेदेखि खेल सुरुहुने छ ।

भैरहेको विश्वकपमा अहिलेसम्म वर्षाले तीन खेल रद्द भइसकेका छन् । जसले गर्दा आजको खेल के हुन्छ भन्ने आंकलन गरिएको छ । नटिङघमको ट्रेन्ट ब्रिजमा आज पानी पर्ने अत्याधिक सम्भावना रहेको छ ।

मौसम पूर्वानुमानका अनुसार भारत र न्यूजिल्याण्डबीचको खेलका दौरान पानी पर्ने सम्भावना ९० प्रतिशत रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us