भारतीय क्रिकेटर युवराज सिंहद्वारा सन्यासकाे घाेषणा

काठमाण्डु टुडे २०७६ जेठ २७ गते १४:३० मा प्रकाशित

एजेन्सी । भारतलाई सन् २०११ को ओडिआई विश्वकप जिताउन अलराउण्ड प्रदर्शन गरेका युवराज सिंहले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन् ।

८ वर्षअघि घरेलु मैदानमा भारतले विश्वकप जित्दा युवराज म्यान अफ दि टुर्नामेन्ट घोषित भएका थिए । यस्तै सन् २००७ मा भारतलाई टी २० विश्वकप जिताउन पनि उनले महत्वपूर्ण भूमिका खेलेका थिए ।

उनले भारतका लागि ४० टेष्ट, ३०४ ओडिआई र ५८ टी–२० आई खेलेका छन् । युवराजले टेष्टमा ३ र ओडिआईमा १४ शतक प्रहार गरेका छन् ।

इंग्ल्याण्डमा अहिले १२औं संस्करणको आइसीसी ओडिआई विश्वकप भइरहेको छ । भारतले लगातार दवस्रो खेल जित्ने क्रममा अष्ट्रेलियालाई पराजित गरेको अर्को दिन युवराजले सन्यास घोषणा गरेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us