विश्वकप खेल्न एबी डी विलियर्सलाई कसले रोक्यो ?

काठमाण्डु टुडे २०७६ जेठ २३ गते १७:४५ मा प्रकाशित

एजेन्सी । इंग्ल्याण्डमा जारी विश्वकपमा दक्षिण अफ्रिकाले खराब प्रदर्शन गरिरहेको छ । उसले हालसम्म खेलेको तीनै खेल गुमायो ।

एक समय यस्तो थियो, जतिबेला दक्षिण अफ्रिकालाई विश्वकपको प्रमुख दाबेदारको रूपमा हेरिन्थ्यो । अहिले टीममा अनुभवी खेलाडीको कमी हुँदा दक्षिण अफ्रिकाले नमीठो हार बेहोरेको बताइएको छ ।

एबी डी विलियर्सले आफूले यस विश्वकपमा खेल्न चाहेको खुलासा गरेका छन् । सन्यास लिएपछि पनि उनी टीममा जोडिन चाहन्थे तर व्यवस्थापनले रोक्यो । उनका अनुसार उनको प्रस्तावले टीम व्यवस्थापनले रोकिदियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us