नेमारले कोपा अमेरिका गुमाउने !

काठमाण्डु टुडे २०७६ जेठ २३ गते १२:०६ मा प्रकाशित

एजेन्सी – ब्राजिलका फुटबल स्टार नेमारले कोपा अमेरिका गुमाउन सक्ने सन्चारमाध्यमहरुले जनाएका छन् । कतारसँग बुधबार भएको मैत्रीपूर्ण खेलका दौरान दाहिने खुट्टाको जोर्नीमा समस्या आएपछि उनले विश्वकपपछि युरो कपजत्तिकै महत्वपूर्ण फुटबल प्रतियोगिता गुमाउन सक्ने जनाइएको हो ।

ब्राजिलले २–० ले जितेको खेलको २१ मिनेटमा घाइते भएपछि उनलाई मैदानबाहिर निकालिएको थियो । यद्यपी ब्राजिलका मुख्य प्रशिक्षक टिटेले भने जुन १४ मा बोलिभियाविरुद्ध हुने खेलका लागि नेमार तयार हुने आशा व्यक्त गरेका छन् ।

सन् २०१४ देखि नै विभिन्न खेलका दौरान चोट व्यहोर्दै आएका नेमारमाथि गत सातामात्रै एक युवतीलाई बलात्कार गरेको आरोप लागेको छ । कोपा अमेरिका २०१९ को आयोजक राष्ट्र नै ब्राजिल छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us