नेयमारमाथि लाग्यो यौन शोषणको आरोप

काठमाण्डु टुडे २०७६ जेठ १९ गते १०:४८ मा प्रकाशित

एजेन्सी । ब्राजिलियन स्टार फुटबलर नेयमारमाथि एक महिलाले यौन शोषण गरेको आरोप लगाएकी छिन् । साओ पाउलो प्रहरीमा ती महिलाले नेयमारमाथि आरोप लगाउँदै रिपोर्ट गरेकी हुन् ।

नेयमारले एक होटेलमा आफूमाथि यौन शोषण गरेको आरोप ती महिलाले लगाएकी हुन् । तर यस विषयमा नेयमारले कुनै पनि प्रतिक्रिया दिएका छैनन् । उनी अहिले कोपा अमेरिका कपका लागि ब्राजिलको राष्ट्रिय टिमबाट प्रशिक्षण गरिरहेका छन् ।

प्रहरीमा दर्ता भएको अभियोगमा महिलाले आफ्नो नाम गोप्य राखेकी छिन् । नेयमारको इन्स्टाग्राम अनुसार उनी पेरिसमा भेटिएकी थिइन् । उनलाई १५ मे मा नेयमारले भेट्दा ती महिला नशामा रहेको पनि जनाइएको छ ।

नेयमारका बुवा नेयमार डस सान्तोषले शनिबार ब्राजिलको ब्याण्ड टीभीलाई दिएको अन्तर्वार्तामा यो फसाउने खेल मात्रै भएको बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us