विश्वकप क्रिकेटः पाकिस्तानले वेष्ट इन्डिजलाई दियो झिनो लक्ष्य

काठमाण्डु टुडे २०७६ जेठ १७ गते १७:३० मा प्रकाशित

एजेन्सी – आईसीसी एकदिवसीय विश्वकपको दोस्रो दिनको खेलमा पाकिस्तानले वेष्ट इन्डिजलाई १०६ रनको लक्ष्य दिएको छ ।

नोटिङघममा टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तान २१ ओभर ४ बलमा १०५ रनमा अलआउट भयो । निकै कमजोर ब्याटिङ गरेको पाकिस्तानले १७ रनमा पहिलो विकेट गुमाएको थियो ।

त्यसपछि ३५ रन बनाउँदा दोस्रो विकेट खेर फालेको उसले ४५ रनमा तेस्रो विकेट गुमायो । एकपछि अर्को विकेट गुमाएको पाकिस्तानका कुनै पनि खेलाडीबीच राम्रो साझेदारी हुने सकेन ।

वेष्ट इन्डिजको बलिङ अगाडि कमजोर देखिएको पाकिस्तानका लागि फकर जमान र बाबर आजमले समान २२–२२ रन बनाउँदा मोहम्मद हफिजले १६ रन जोडे । अन्तिममा वहाब रियाजले १८ रन थपेका थिए ।

पाकिस्तानको पारीलाई ध्वस्त पार्ने क्रममा जेसोन होल्डरले ३ तथा ओसाने थोमसले ४ विकेट लिए । त्यस्तै आन्द्रे रसेलले दुई विकेट हात पारे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us