
काठमाण्डु, १७ जेठ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका मध्यक्रमका ब्याट्स्म्यान दिपेन्द्र सिंह ऐरि क्रिकेटिङ्ग नेपाल डटकमको ब्राण्ड एम्बेसेडर नियुक्त भएका छन् ।
शुक्रबार एक कार्यक्रमकाबीच दिपेन्द्रलाई ब्राण्ड एम्बेसेडर नियुक्त गरिएको हो । दिपेन्द्र क्रिकेटिङ्ग नेपालसँग आगामी डिसेम्बरसम्म जोडिनेछन् । यस क्रममा दिपेन्द्रले आफूले सहभागिता जनाउने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरुमा क्रिकेटिङ्गनेपालको स्टिकर आफ्नो ब्याटमा प्रयोग गर्नेछन् ।
उनले क्रिकेटिङ्ग नेपालको स्टिकर आगामी डिसेम्बरसम्मका लागि प्रयोग गर्नेछन् । दिपेन्द्रले क्रिकेटिङ्ग नेपालको ब्राण्ड एम्बेसेडर बन्न पाउदा आफूलाई खुशी लागेको बताए ।
सन् २०१७ मा किर्तिपुरमा भएको आईसिसि वल्र्ड क्रिकेट लिग च्याम्पिनयशीप अन्तर्गत केन्याबिरुद्धको खेलबाट डेब्यु गरेपछि दिपेन्द्रले लगातार नेपाली टोलीमा आफ्नो स्थान बनाएका छन् । उनी ट्वान्टी ट्वान्टीमा पनि नेपालका लागि प्रमुख खेलाडी हुने गर्दछन् ।