नेपाली शैलीमा बन्ने भयो सिंहदरबारमा भब्य संसद भवन

काठमाण्डु टुडे २०७६ जेठ १३ गते ६:५५ मा प्रकाशित

काठमाण्डु, १३ जेठ– दस वर्षसम्म भाडाको भवनमा बैठक सञ्चालन भएपछि अन्ततः नयाँ संसदभवन निर्माण प्रक्रिया सुरु भएको छ ।

६ अर्ब रुपैयाँभन्दा बढीको लागतमा नयाँ संसद् भवन निर्माण प्रक्रिया सुरु भएको हो । संसदभवन निर्माणका लागि आइतबार ‘ग्लोबल टेन्डर’ आहवान गरेको छ । सिंहदरबारको पुतली बगैंचाको १ सय ७६ रोपनी ८ आना क्षेत्रमा संसदभवन बनाइने भएको छ । भवन अहिलेसम्मकै सबैभन्दा आधुनिक शैलीको हुने सहरी विकास मन्त्रालयको दाबी छ । ‘बोलपत्रको समय ४५ दिन तोकिएको छ । ठेकेदार कम्पनी छनोट भएपछि तीन वर्षमा काम सम्पन्न गर्ने लक्ष्य छ’ सहरी विकास मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद दवाडीले भने । नागरिक दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us