मत परिणाम सुन्दासुन्दै कांग्रेस नेतालाई हृदयघात !

काठमाण्डु टुडे २०७६ जेठ ९ गते १३:१८ मा प्रकाशित

एजेन्सी । भारतका मध्य प्रदेश राज्यको मतगणना स्थलमा एक कांग्रेस नेताको हृदयघातका कारण निधन भएको छ ।

मध्यप्रदेशका सिहोरस्थित मतगणना केन्द्रमा रहेका ती नेतालाई हृदयघात भएको थियो । उनलाई तत्कालै जिल्ला अस्पताल लगिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । अस्पताल पुग्नुअघि नै उनको मृत्यु भएको थियो ।

मृत्यु हुनेमा सिहोर जिल्ला कांग्रेस कमिटीका अध्यक्ष रतनसिंह ठाकुर भएको बताइएको छ ।

मतगणना स्थलमा रहेका समयमा उनलाई हृदयघात भएको थियो । सिहोर भोपाल लोकसभा सीट अन्तर्गत पर्छ । यस क्षेत्रमा भारतीय जनता पार्टीकी प्रज्ञासिंह ठाकुर र कांग्रेसका वरिष्ठ नेता दिग्विजय सिंहबीच प्रतिस्पर्धामा रहेको छ ।

जारी मतगणनमा कांग्रेस नेता सिंह ठाकुरभन्दा पछि रहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us