भारतीय लोकसभा निर्वाचन: कन्हैया कुमार चुनाव हार्ने स्थितिमा पुगे

काठमाण्डु टुडे २०७६ जेठ ९ गते १२:१४ मा प्रकाशित

बेगुसरायु, ९ जेठ – भारतीय लोकसभा निर्वाचनको मतगणना सूरु भएसँगै धेरैको ध्यान बिहारको बेगुसराय निर्वाचन क्षेत्रको परिणाममा छ । केन्द्रीय मन्त्री गिरिराजसिंहविरुद्ध उम्मेद्वारी दिएका चर्चित विद्यार्थी नेता कन्हैया कुमार भारी मतका साथ पछाडि परेका छन् ।

प्रारम्भिक मतपरिणाम भने कन्हैयाको पक्षमा देखिएको छैन । हालसम्म गिरिराज सिंहले कन्हैयालाई करिब ९० हजार मतले पछि पारेका छन् । कन्हैयाले ८२ हजार मत ल्याउँदा सिंहले एक लाख ७२ हजार मत ल्याएका छन् । मोहम्मद तनविर हसन तेस्रो स्थानमा छन् । उनले ५६ हजार मत ल्याएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us