रुकुममा बाबु मारें भन्दै छोरा प्रहरी चौकी पुगेपछि…

काठमाण्डु टुडे २०७६ जेठ ९ गते ११:५० मा प्रकाशित

रुकुम पूर्व, ९ जेठ – बाबुको हत्या गरेर एकजना आफैँ प्रहरी चौकीमा आएका छन् । भूमे गाउँपालिका-७ गुनामका २० वर्षीय विरज विक बाबुको हत्या गरेर भूमे–६ महतमा रहेको प्रहरी चौकीमा आएका हुन् ।

४१ वर्षीय बाबु रमन विकको हत्या गरी उनी बिहीबार बिहान ६ बजेमहतस्थित प्रहरी चौकी पुगेका थिए । बिहान ५ बजे खुकुरी प्रहार गरी बाबुको हत्या गरेका उनी आफैँ प्रहरी चौकीमा आएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक वीरबहादुर सुनारले बताए ।

‘मैले बाबुको घाँटी रेटेर हत्या गरेँ, थोरै छालाले मात्रै घाँटी छुट्टिन सकेको छैन भनेर आफैं प्रहरीमा आएको हो, घटनाको विस्तृत अनुसन्धान हुँदैछ,’ प्रहरी निरीक्षक सुनारले भने । घरायसी विवादको कारण घटना भएको र थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us