उदयपुरमा यसरी टुंगियो नेकपाको एकता

काठमाण्डु टुडे २०७६ जेठ ६ गते १२:३८ मा प्रकाशित

उदयपुर, ६ जेठ – उदयपुरका आठ स्थानीय तहमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकीकरणमा पूर्वएमाले र पूर्वमाओवादी केन्द्रले बराबरी भागबण्डा गरेका छन् । चार स्थानीय तह पूर्वएमालेको भागमा परेको छ भने चार स्थानीय तह पूर्वमाओवादी केन्द्रले पाएको छ ।

पूर्वएमालेको भागमा त्रियुगा नगरपालिका, चौदण्डीगढी नगरपालिका, उदयपुरगढी गाँउपालिका र लिम्चुङबुङ गाउँपालिका परेको छ । यसैगरी पूर्वमाओवादी केन्द्रले कटारी नगरपालिका, बेलाका नगरपालिका, रौतामाई गाँउपालिका र ताप्ली गाँउपालिकाको नेतृत्व पाएको छ । पार्टी केन्द्रमा एकता भएको करिब एक वर्षपछि जिल्ला र स्थानीय तहको एकता भएको हो । केही साताअघि जिल्लामा अध्यक्ष र सचिवको जिम्मेवारी तोकेपछि एकता प्रक्रियाले गति लिएको हो ।

उदयपुरमा नेकपा जिल्ला विनोद कटुवाल पूर्वमाओवादी केन्द्रका जिल्ला संयोजक हुन् । सचिवमा पूर्वएमालेका जिल्ला अध्यक्ष इश्वरमणि राउतले पाएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us