मम पसलेसँग प्रहरी जवानले घुस लिएपछि…

काठमाण्डु टुडे २०७६ जेठ ६ गते १२:२६ मा प्रकाशित

काठमाण्डु, ६ जेठ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी जवानलाई घुससहित पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं ४१ गुल्म हेक्वा–औधोगिक सुरक्षा, बुटवल, रूपन्देहीमा कार्यरत सशस्त्र प्रहरी जवान भेषेन्द्र केसीलाई घुससहित पक्राउ परेका हुन् ।

प्रहरी केसीलाई बुटवल उपमहानगरपालिका–७ दिपनगर स्थित बुटवल टपटेन मम एण्ड खाजाघरबाट नियन्त्रणमा लिइएको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

सामान्य खाजा पसल चलाउने व्यवसायीसँग मासिक रूपमा नगद नबुझाए सामान जफत गरी थुनिदिने भनी घुस लिदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

उनले सेवाग्राहीबाट १० हजार घुस लिएका थिए । घुस लिने प्रहरी जवान केसीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us