फेरी बैतडीमा जीप खस्यो, तीन जनाको घटनास्थलमै मृत्यु

काठमाण्डु टुडे २०७६ जेठ ५ गते १४:१० मा प्रकाशित

बैतडी, ५ जेठ – बैतडीमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । सोही दुर्घनामा अन्य ३ जना घाइते भएका छन् ।

देहीमाडौंबाट नागार्जुन जाँदै गरेको ग १ ज ४९२१ नम्बरको जीप आइतबार बिहान साढे ११ बजेतिर दशरथचन्द नगरपालिका–११ नानीगाड भन्ने स्थानमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी बैतडीको दशरथचन्द नगरपालिका–१० बाराकोट अन्दाजी ४५ वर्षीय हिराबल्लभ भट्ट, सोही ठाउँका अन्दाजी ६५ वर्षीय नरुली भट्टको घटनास्थलमै ज्यान गएको छ । मृत्यु हुनेमध्ये एकजनाको भने सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी दशरथचन्द नगरपालिका– १० का प्रकाश भट्ट, कञ्चनपुरको महेन्द्रनगरका २६ वर्षीय राहुल भट्ट र जीपचालक दशरथचन्द नगरपालिका–१०का नवीन भट्ट घाइते भएका छन् । जीप दुर्घटनाको कारण भने खुलेको छैन् ।

जीप सडकबाट डेढसय मिटर तल खसेको प्रहरीले जनाएको छ । घटनास्थलतर्फ प्रहरी नायव उपरीक्षक नेत्रमणी गिरी नेतृत्वको टोली गएको छ भने घाइतेलाई अस्पताल ल्याउने काम भइरहेको प्रहरीले जनाएको छ । आज बिहान मात्रै त्रिशुली नदीमा रात्रि बस खस्दा ८ जनाको मृत्यु भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us