सिटी सफारीमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

काठमाण्डु टुडे २०७६ जेठ ५ गते १२:५७ मा प्रकाशित

लहान, ५ जेठ – पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढीमाई नगरपालिकास्थित सडकमा गए राति सिटी सफारीमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स९प ९६३६ नंको मोटरसाइकल विपरीत दिशाबाट आउँदै गरेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालक सर्लाहीको लालबन्दी नगरपालिका–४ निवासी २५ वर्षीय राजकुमार चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते चालक चौधरीलाई तत्कालै उपचारका लागि श्रमजीवी अस्पतालमा भर्ना गरिएकामा उपचारको क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान सिरहाले जनाएको छ ।

सोही दुर्घटनामा गम्भीर घाइते मोटरसाइकलमा पछाडि सवार सर्लाहीको लालबन्दी नगरपालिका–४ निवासी विक्रमकुमार चौधरीको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us