संसद बैठक सोमबार बस्ने, यस्तो छ कार्यसूची

काठमाण्डु टुडे २०७६ जेठ ५ गते १२:१५ मा प्रकाशित

काठमाण्डु, ५ जेठ – संघीय संसदको प्रतिनिधिसभा बैठक जेठ ६ गते(भोली) बस्ने भएको छ । सोमबार बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘महालेखा परीक्षकको छपन्नौं वर्ष प्रतिवेदन २०७५’ पेश गर्ने कार्यक्रम छ ।

साथै प्रधानमन्त्रीले ‘नेपाल सरकारको आर्थिक वर्ष ०७४–०७५को सुशासन प्रतिवेदन’ र ‘राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेका काम र प्राप्त उपलब्धीसहितको आर्थिक वर्ष ०७४–७५को नेपाल सरकारको वार्षिक प्रतिवेदन’ पेश गर्ने कार्यसूची रहेको संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराईले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us