
बिहार, ५ जेठ – भारतको लोकसभा निर्वाचन अन्तर्गत सातौं तथा अन्तिम चरणको मतदान भइरहेको छ । अन्तिम चरणको निर्वाचनमा उत्तर प्रदेश, बिहार, पश्चिम बंगालसहित सात प्रदेश र एक केन्द्र शासित प्रदेशका ५९ सिटमा मतदान भइरहेको छ ।
यो चरणमा उत्तर प्रदेश र पञ्जाबका १३ सिट, बिहार र मध्य प्रदेशका ८–८ सिट, पश्चिम बंगालका ९ सिट, हिमाचल प्रदेशका ४ सिट, झारखण्डका तीन र केन्द्र शासित चण्डिगढको एक सिटमा मतदान भइरहेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । यो चरणमा १० करोड मतदाताले मतदान गर्ने चुनावमा ९ सय ९ उम्मेदवार चुनावी मैदानमा छन् ।
अन्तिम चरणको चुनावमा सबैभन्दा भिआईपी चुनाव क्षेत्र वाराणसी रहेको छ । प्रधानमन्त्री नरेद्र मोदी भारतीय जनता पार्टीका तर्फबाट उम्मेदवार रहेका छन् । उनका प्रतिस्पर्धीका रुपमा कांग्रेका अजय राय र समाजवादी पार्टीकी शालिनी यादव छन् ।